१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

विष्णु पौडेलको आरोपः सरकारका काम कारबाहीहरुले देश लथालिङ्ग भयो



काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारका कारण देश अप्ठ्यारो स्थितिमा रहेको बताएका छन् ।

शनिबार रुपन्देहीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले देशको राजनीति विग्रिरहेको बताएका हुन् ।

उनले राजनीति संग्लो नभएसम्म देश ठीक ढंगबाट अघि बढ्न नसक्ने भन्दै सरकार र सरकारका काम कारबाहीहरुले गर्दा देश लथालिंग र भताभुंग भएको आरोप लगाए ।

‘अहिले देशको राजनीति बिग्रिरहेको छ । खासगरी सरकार र सरकारका कामकारबाहीहरुले गर्दा देश लथालिंग छ । भताभुंग भएको छ,’ उनले भने, ‘यसलाई लयमा फर्काउनु पर्ने ट्रयाकबाट हिँडाउनुपर्ने चुनौती छ ।’

प्रकाशित मिति : २० माघ २०८० शनिबार ००:००  १२ : ५८ बजे