१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

वेस्टह्यामविरुद्ध म्यानचेस्टर युनाइटेडको सानदार जित



काठमाडौँ ।

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले वेस्टह्यामलाई नराम्रोसँग हराएको छ।

गएराति भएको प्रतिस्पर्धामा युनाइटेडले वेस्टह्यामलाई ३–० गोलअन्तरले जितेको हो।

म्यानचेस्टर युनाइटेडको जितमा अलेजान्द्रो गर्नाचोले २ गोल र रासमस होजलन्डले एक गोल गरे।

जितसँगै म्यानचेस्टर युनाइटेड २३ खेलबाट ३८ अंक जोडेर छैटौँ स्थानमा उक्लिएको छ।

पराजित वेस्टह्याम ३६ अंकसहित सातौँ स्थानमा छ।

प्रकाशित मिति : २२ माघ २०८० सोमबार ००:००  ८ : ५६ बजे