२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

जनमत पार्टीको रुपन्देही इन्चार्जमा रामकेश गुप्ता



बुटवल ।
जनमत पार्टी रुपन्देहीको इन्चार्जमा रामकेश गुप्ता मनोनीत भएका छन् ।

गुप्तालाई पार्टीका अध्यक्ष डा. सीके राउतले जिल्ला इन्चार्जमा मनोनीत गरेका हुन ।

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ निवासी गुप्ता विगत १२ वर्षदेखि आफू जनमत पार्टीमा रहेर विभिन्न जिम्मेवारी निर्वाह गरिसकेको बताउँछन् ।

पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने तथा जनमतलाई रुपन्देहीमा ठूलो र शक्तिशाली पार्टीको रुपमा स्थापित गर्ने लक्ष्य रहेको उनले बताए ।

‘विकास, सुशासनका लागि काम गर्छौं, जनताको हकअधिकारका निम्ति लागिपरेका छौं र लागिपर्नेछौं’, उनले भने, ​’पुराना नेता–कार्यकर्ताको उचित मूल्यांकन गर्दै नयाँ कार्यकर्तालाई पनि जोड्दै जानेछौं ।’

प्रकाशित मिति : २२ माघ २०८० सोमबार ००:००  ५ : १४ बजे