१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अर्थमन्त्री महतबाट कपिलवस्तु उद्योग बाणिज्य संघको अधिवेशन उद्घाटन



कपिलवस्तु।
कपिलवस्तु उद्योग बाणिज्य संघको १६ औँ साधारण सभा तथा आठौँ अधिवेशनको उद्घाटन नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले गर्ने भएका छन् ।

माघ २३ गते अर्थात् भोलि विहान ११ बजे संघको कार्यलय रहेको प्राङ्गणमा डा. महतले अधिवेशनको उद्घाटन गर्ने छन् ।

संघका महासचिव मनोज पौडेलले साधारण सभामा यसरी पहिलो पटक उच्च पदस्थ ब्यक्ति झिकाइएकोले उद्योगी, ब्यवसायी लगायत सबैलाई उपस्थित हुन आग्रह गरे ।

निकै छोटो समयका लागि अर्थमन्त्री महत जिल्लामा आउन लागेकाले सहभागि भएर कुराहरु सुन्न महासचिव पौडेलको उद्योगी ब्यवसायीलाई आग्रह छ ।

मन्त्री आएको अवसर पारी संघको तर्फबाट ब्यवसायीका पीर र मर्का राखिने कार्यक्रम रहेको पौडेलले अपिटाइम्समार्फत् बताए ।

अर्थमन्त्री महतसंगै, प्रदेशका मन्त्री, सांसद, मेयर लगायतका जनप्रतिनिधिको पनि सहभागिता हुने पौडेलले बताए । संघका अध्यक्ष डोलकराम घिमिरेले आफ्नो कार्यकाल सफल बनाउन भूमिका निर्वाहा गर्ने सबैलाई धन्यवाद दिँदै अधिवेशनमा सहभागिताको लागि सबैलाई आग्रह गरे ।

साधारण सभामा बार्षिक, आर्थिक र प्रगति, लेखा प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । उद्घाटन सत्र सकिए पछि आगामी नेतृत्वको लागि निर्वाचन प्रकृया सुरु हुने अध्यक्ष घिमिरेले बताए । संघमा करिब २१०० सदस्य आवद्ध छन् ।

प्रकाशित मिति : २२ माघ २०८० सोमबार ००:००  ५ : २३ बजे