१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

पाल्पामा श्रीमान–श्रीमती मृत फेला



पाल्पा ।
पाल्पाको रिब्दीकोटमा श्रीमान–श्रीमती मृत फेला परेका छन् । रिब्दीकोट गाउँपालिका वडा नम्बर ८ काहुलेमा श्रीमान र श्रीमती मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

५४ वर्षीय अम्मरबहादुर गाहा र उनकी ४२ वर्षीया श्रीमती श्यामकला गाहा सोमबार आफ्नै घरमा मृत फेला परेका हुन् ।
अम्मरबहादुर कोठामा झुण्डिएको अवस्थामा र अर्को कोठामा श्रीमती श्यामकला खाटमा मृत फेला परेकी थिइन् ।

प्रहरीले घटनास्थलबाट मदिरा र खानेकुराहरू बरामद गरेको छ । श्रीमती श्यामकलाको घाँटीमा निलडाम देखिएको छ ।
स्थानीयका अनुसार उनीहरूका तीन जना छोरी छन् । चार वर्ष अघि एक जना छोराको मृत्यु भएको थियो । छोराको मृत्यु भएपछि गाहा दम्पत्ती विक्षिप्त बनेको स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : २३ माघ २०८० मंगलबार ००:००  ४ : ४७ बजे