२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

एसियन कप फुटबलमा दक्षिण कोरियालाई हराउँदै जोर्डन फाइनलमा



काठमाडौं ।
दक्षिण कोरियालाई हराउँदै जोर्डन एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

कतारमा जारी प्रतियोगितामा हिजो भएको पहिलो सेमिफाइनलमा जोर्डनले दक्षिण कोरियालाई २–० ले हराएर फाइनल प्रवेश गरेको हो ।

जोर्डनका लागि याजान अल नैमात र अल तमारीले एक-एक गोल गरेका थिए । क्वाटरफाइनलमा जोर्डनले ताजकिस्तानलाई र दक्षिण कोरियाले अस्ट्रेलियालाई हराएको थियो ।

जोर्डनले अब फाइनलमा आज कतार र इरानबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ । फाइनल खेल शनिवार हुनेछ ।

प्रकाशित मिति : २४ माघ २०८० बुधबार ००:००  ८ : ४४ बजे