२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

एसियन कप फुटबलको उपाधि कतारले जित्यो



एजेन्सी ।
एएफसी एसियन कप फुटबलको उपाधि घरेलु टोली कतारले जितेको छ । कतार लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । गएराति भएको फाइनलमा जोर्डनलाई ३–१ गोलले हराउँदै कतारले उपाधि जित्यो । कतारका लागि अक्रम अफिफले ह्याट्रिक गरे ।

उनले सबै गोल पेनाल्टीमा गरेका हुन् । खेलको २२ औँ, ७३ औँ र खेलको इन्ज्युरी समयको पाँचौ मिनेटमा पेनाल्टीमार्फत् गोल भएको हो । जोर्डनका लागि ६७ औँ मिनेटमा यजान अल–नैमातले एक गोल फर्काए । जोर्डन पहिलो पटक उपाधि जित्न असफल भयो । यसअघि कतारले सन् २०१९ मा जापानलाई ३–१ गोलले हराउँदै पहिलो पटक उपाधि जितेको थियो ।

प्रकाशित मिति : २८ माघ २०८० आइतबार ००:००  ८ : ०२ बजे