१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

न्यौपाने प्यानलबाट युवा व्यवसायी पौडेल जीतको नजिक



मायादेवी अनलाइन ।
कपिलवस्तु उद्योग वाणिज्य संघ वाणगंगाको मतगणना जारी छ । ५ दलीय संयुक्त गठबन्धन र एमालेको एकल प्यानल र रास्वपा बीच चुनावी प्रतिस्पर्धा भएको थियो । संघको २ हजार ८० कुल मतदाता मध्ये २ हजार मत खसेको थियो । एमालेको समर्थनमा अध्यक्ष पदमा मोहन न्यौपाने, संयुक्त गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका गणेश बहादुर क्षेत्री र राष्ट्रिय स्वतन्त्र पार्टीका लक्ष्मण कडेलबीच चुनावी प्रतिस्पर्धा भएको हो ।
मोहन न्यौपाने प्यानलबाट संघको वाणिज्य उपाध्यक्ष तर्फ नारायण प्रसाद पौडेल जीतको नजिक पुगेका छन् । पौडेलले ७ सय ९७ मत ल्याएर उनका निकटम प्रतिस्पर्धी धनश्याम अधिकारीलाई फराकिलो मतान्तरले पछि पारेका छन् । अधिकारीले ४ सय ४० मत प्राप्त गरेका छन् । हालसम्म ओदारी, बनगाई, वोर्डगाँउ, कोपवा, पटना, पिपरा, वैरिया र चारनम्बर बजार क्षेत्रको मत गणना भइसकेको छ । वाणिज्य उपाध्यक्ष पौडेल विभिन्न सामाजिक संघसंस्थामा आवद्ध तथा हिरो होण्डा मोटरसाईकलका प्रोप्राइटर हुन् भने अधिकारी काष्ठ व्यवसायी संग संघ संस्थाको अनुभव छ ।

हालसम्म ओदारी, पटना, भलवाड, बैरियाबाट क्षेत्रगत सदस्य तर्फ संयुक्त गठबन्धनका सदस्यले जितेका छन् भने पिपरा, बनगाई, वोर्डगाँउ, कोपवा बजारको क्षेत्रगत सदस्यमा एमाले समर्थित सदस्य विजयी भएका छन् ।

प्रकाशित मिति : २८ माघ २०८० आइतबार ००:००  ८ : ४५ बजे