२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

च्याम्पियन्स लिगमा सिटीको सहज जीत



एजेन्सी ।
च्याम्पियन्स लिगको अन्तिम–१६ को पहिलो लेगमा साबिक विजेता म्यानचेस्टर सिटीले एफसी कोपनहेगनमाथि ३–१ को सहज जीत हासिल गरेको छ ।

खेलको १० औँ मिनेटमा नै पेप ग्वार्डिओलाको टोलीलाई केभिन डी ब्रुयनलाई अग्रता दिलाएका थिए । तर ३४ औँ मिनेटमा म्यागनस म्याटसनले घरेलु टोलीका लागि बराबरी गोल फर्काए । पहिलो हाफ सकिन लाग्दा बर्नार्डो सिल्भाले पुनः सिटीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको इन्जुरी समयमा फिल फोडेनले गोल गर्दै सिटीलाई सहज अग्रता दिलाउन सफल भए । अब दोस्रो लेग मार्च ६ मा सिटीको घरेलु मैदानमा खेलिनेछ ।

प्रकाशित मिति : २ फाल्गुन २०८० बुधबार ००:००  ६ : ५२ बजे