२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

डियाजको निर्णायक गोलमा रियल विजयी



एजेन्सी ।
ब्राहिम डियाजको उत्कृष्ट गोलको मद्दतले रियल मड्रिडले च्याम्पियन्स लिगको अन्तिम–१६ को पहिलो लेगमा जीत हासिल गरेको छ । मंगलबार राति भएको खेलमा रियलले जर्मन क्लब आरबी लेइपजीगलाई १–० गोलले हराएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको सुरुवातमा नै डियाजले गोल गरेका थिए । जुड बेलिङह्याम घाइते भएपछि स्पेनिस खेलाडी सुरुवाती ११ मा समावेश भएका थिए ।

जीतसँगै रियलले पछिल्ला १४ सिजनमा १२ औँ पटक प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब दोस्रो लेग रियलको घरेलु मैदान सान्टियागो बेनेबाउमा ६ मार्चमा खेलिनेछ ।

प्रकाशित मिति : २ फाल्गुन २०८० बुधबार ००:००  ६ : ५४ बजे