१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पाल्पा दुर्घटना : मुख्यमन्त्री चौधरीद्वारा दुःख व्यक्त



बुटवल ।
पाल्पामा आज भएको सवारी दुर्घटनाप्रति लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले दुःख व्यक्त गरेका छन् ।

मंगलबार साँझ भएको दुर्घटनामा हुँदा १० जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएको छन् । उक्त घटनाले आफूलाई स्तब्ध एवम् मर्माहत बनाएको मुख्य मन्त्रीले विज्ञप्तिमार्फत जनाएका छन् ।

उनले दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन्।

यसैगरी दुर्घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले उपचारमा गम्भीर बन्न र उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित पक्ष र निकायलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८० बुधबार ००:००  ६ : ५७ बजे