१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

बनगाई खानेपानीको प्रथम साधारणसभा सम्पन्न



बाबुराम रायमाझी ।
‘स्वच्छ पानी, शुद्ध पानी स्वस्थ जीवन’ भन्ने मुल नाराका साथ वाणगंगा ७ मा रहेको बनगाई, मोतिपुर,चप्परगाउँ खानेपानी संस्थाको प्रथम बार्षिक साधारणसभा संस्थाको परिसर बनगाईमा सम्पन्न भएको छ । सो सभामा संस्थाको बार्षिक प्रगति प्रतिबेदन अध्यक्ष कृष्ण खनालले प्रस्तुत गरेका थिए भने कोषााध्यक्ष बिस्नु प्रसाद खनालले आर्थिक वर्ष २०७९।०८० को ५२ लाख १० हजार बराबरको आय ब्यय सार्बजनिक गरेका थिए । लेखा प्रतिबेदन लेखा सुपरिवेक्षण समितिका संयोजक इन्द्रमणि पान्डेले प्रस्तुत गरेका थिए ।

साधारण सभामा प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सांसद एवं पूर्व स्वास्थ्य मन्त्री बिष्णु पन्थीले वाणगंगा नगरमा खानेपानीको क्षेत्रमा उल्लेखनीय प्रगती भएको भन्दै लुम्बिनी प्रदेशको अघिल्लो सरकारको समयमा प्रदेशबाट १ घर १ धाराको संकल्प पारित गरेर प्रदेशको सबैभन्दा महत्त्वपूर्ण बजेट खानेपानीमा बिनियोजन भै वाणगंगा नगरमा १० वटा ओभर हेड टङकि निर्माणाधिन अवस्थामा रहेको बताएका थिए । हाम्रो वाणगंगा नगरलाई राम्रो नगर बनाउने कार्यमा आफू लागि परेको बताएका थिए । यस क्षेत्रमा खानेपानी संगै शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासका योजनाहरु कार्यान्वयनमा रहेको सांसद पन्थीले जानकारी दिए ।

त्यस्तै वाणगंगा ७ का वडा अध्यक्ष तथा सल्लाहकार बिस्नु गिरिले वडाको चौतर्फी बिकासका लागि आफू लागि परेको भन्दै यस खानेपानी संस्थालाई वडा न.७ को वडा कार्यालयबाट सहयोग पुराउदै आएको बताएका थिए । अध्यक्ष गिरीले वाणगंगा खानेपानी महासंघका अध्यक्ष समेत रहेका विश्व कार्कीको पहलमा केन्द्रिय सरकारबाट बजेटको व्यवस्था सहित खानेपानी क्षेत्रमा पुराएको सहयोगको प्रशंसा गरेका थिए । कार्यक्रममा वाणगंगा खानेपानी सरसफाई उपभोक्ता समिति नन्दनगरका अध्यक्ष बिश्व कार्की, सल्लाहकार यमलाल भट्टराई, फुलबारी सामुदायिक बनका अध्यक्ष जयलाल गिरि, वाणगंगा ७ का वडा सदस्य हरिशंकर पौडेल, ८ का वडा सदस्य शैलेन्द्र कुमार बेल्बासे लगायतले आ आफ्नो धारणा राख्दै साधारणसभाको सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रम बनगाई, मोतिपुर, चप्परगाउँ खानेपानी संस्थाका अध्यक्ष कृष्ण खनालको अध्यक्षता लुम्बिनी प्रदेश सांसद एबम पुर्ब स्वास्थ मन्त्री बिष्णु पन्थीको प्रमुख आतिथ्यता वाणगंगा खानेपानी नन्दनगरका अध्यक्ष बिश्व कार्कीको बिशिस्ट आतिथ्यता रहेको कार्यक्रम वरिष्ठ उपाध्यक्ष उदयमान कुँवरको स्वागत एबम समाजसेवी देबेन्द्र थापाको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८० सोमबार ००:००  ८ : ०६ बजे