१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

अन्तर मावि स्तरीय फुटबलको उपाधि लुम्बिनी भिजनलाई



मायादेवी अनलाइन, वाणगंगा ।

कपिलवस्तुको वाणगंगा नगरपालिका ३ गंगौलियामा रहेको लुम्बिनी भिजन क्याम्पसको खेल मैदानमा सम्पन्‍न सेभेन ए साइड फुटबल प्रतियोगितको उपाधि लुम्बिनी भिजन क्याम्पसले हात पारेको छ । लुम्बिनी भिजन वेलफेयर ग्रुपद्वारा आयोजित उक्त प्रतियोगिताको आज सम्पन्‍न फाइनल खेलमा आयोजक टिमले २-0 गोल अन्तरले होराइजन मा.वि. लाई पराजित गरेको हो ।

उक्त प्रतियोगितामा प्रथम स्थान प्राप्‍त गर्नेले नगद दशहजार, शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय स्थान प्राप्‍त गर्नेले नगद ६ हजार,शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै होराइजन मा.वि.का प्रधानाध्यापक वासुदेव घिमिरेले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेल अति महत्वपूर्ण भएको बताउनुभयो । त्यसै गरी उक्त कार्यक्रमा लुम्बिनी भिजन क्याम्पसका प्राचार्य सुन्दर पाण्डेले विद्यार्थी जीवनमा पढाइका साथै खेलकुदको पनि महत्त्वपूर्ण भूमिका हुने हुँदा आगामी दिनमा क्याम्पसले यस्तै विभिन्‍न किसिमका खेलहरु आयोजना गर्ने बताउनुभयो । उक्त कार्यक्रमको सञ्‍चालन लुम्बिनी भिजन क्याम्पसका प्लस टु संयोजक अजय पाण्डेले गर्नुभएको थियो ।

तीन दिनसम्म जारी उक्त प्रतियोगितामा वाणगंगा नगरभित्रका ९ वटा विद्यालयहरुले सहभागिता जनाएको लुम्बिनी भिजन वेलफेयर ग्रुपका संयोजक विशाल गिरीले जानकारी गराए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८० बिहिबार ००:००  ८ : ४३ बजे