२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

फागुन ३० भित्रै विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री



काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन ३० गतेभित्रै विश्वासको मत लिने तयारी गरेका छन्। यसबारे प्रधानमन्त्री प्रचण्डले शनिबार दिउँसो बसेको पार्टीको संसदीय दलको बैठकमा छलफल गरेका छन्।

बैठकमा सहभागी एक सांसदका अनुसार, फागुन ३० भित्रै संसद्बाट प्रधानमन्त्रीले विश्वासको मत लिनेगरी मोटामोटी छलफल भएको छ। सोही अनुसार सांसदहरूलाई केही दिन उपत्यका छाडेर नजान ह्वीप जारी गरिएको हो।

संसदको आगामी बैठक फागुन ३० गतेका लागि बोलाइएको छ।

यद्यपि, घटनाक्रम अनुसार प्रधानमन्त्रीले त्यसअघि नै आवश्यक ठानेको खण्डमा २७/२८ गते नै विश्वासको मत लिनसक्नेबारे पनि प्रधानमन्त्रीले आजको बैठकमा ब्रिफिङ गरेका थिए।

पार्टीका प्रमुख सचेक समेत रहेका सांसद हितराज पाण्डेले राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र प्रधानमन्त्रीले विश्वासको मत लिनुअघिसम्म सांसदहरूलाई ह्वीप लगाइएको छ।

‘विश्वासको मत लिने बेलामा प्रतिनिधिसभाका सदस्यलाई उपस्थिति हुन ह्वीप वा निर्देशन जारी भएको छ,’ पाण्डेले भने, ‘अध्यक्ष/उपाध्यक्षको निर्वाचनमा पनि सोही अनुसार उपस्थित हुन ह्वीप जारी गरिएको छ।’

प्रकाशित मिति : २६ फाल्गुन २०८० शनिबार ००:००  ९ : ४३ बजे