१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

‘बिजनेस’ नभएको भन्दै लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य



लुम्बिनी ।
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी चालु अधिवेशन अन्त्य गरेका हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालु अधिवेशन अन्त्य भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा जनाइएको छ । । चालु अधिवेशन तीन दिन मात्रै चल्यो ।

प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष पाण्डेयका अनुसार, कुनै ‘बिजनेस’ नभएकाले चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको हो ।

प्रकाशित मिति : ३ चैत्र २०८० शनिबार ००:००  ९ : २६ बजे