१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रि-मनसुनसँगै बढ्न थाल्यो देशभरको तापक्रम



काठमाडौं ।
प्रि-मनसुन शुरु भएसँगै काठमाडौंलगायत देशभरको तापक्रम बढिरहेको छ।

अहिले विराटनगर, सिमरा र भैरहवा लगायतका जिल्लामा दिउँसो अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुग्ने गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज पनि काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २९ डिग्री सेल्सियसम्म पुग्नसक्ने अनुमान गरिएको छ। यस्तै बिहानको न्यूनतम तापक्रम १०.४ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् गोविन्द झाले जानकारी दिए।

उनका अनुसार शनिबार तराईका केही भू-भागमा सामान्यतया हावा चल्ने छ। यस्तै गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। अन्य भू-भागको मौसम भने आज सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशित मिति : ३ चैत्र २०८० शनिबार ००:००  ८ : ३७ बजे