१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पिपरामा संचालित आँखा शिविरमा १६ सयको जाँच, १ सय ३१ को शल्यक्रिया



बाणगंगा ।

बाणगंगाको पिपरा अस्पतालमा सञ्चालन भएको २ दिने निशुल्क आँखा जाँच शिविरमा १६ सय बढीले सेवा लिएका छन् । मंगलबार र बुधबार संचालित शिविरमा नगर भित्रका १६ सय २७ जनाले आँखा जाँच गराएका हुन । जसमध्ये १ सय ३१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको नगर स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो । आँखा जाँच गराएका मध्ये ६ सय ३३ जनालाई चस्मा वितरण गरिएको उहँले बताउनुभयो ।

पहिलो दिन मंगलबार ८ सय जनाले आँखा चेकजाँच गराएका थिए । जसमध्ये ७४ जनाको आंखाको शल्यक्रिया र २ सय ८५ जनालाई निशुल्क चस्मा प्रदान गरिएको थियो । बाणगंगा नगरपालिकाको ४ लाख रुपैया आर्थिक सहयोग र नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज द्वारा संचालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंजको प्राविधिक सहयोगमा निशुल्क शिविर संचालन गरिएको हो । सेवाग्राहीहरुले घर आँगनमै सेवा लिन पाएको भन्दै खुसी समेत व्यक्त गरेको छन् ।

नगरप्रमुख चक्रपाणी अर्यालले शिविरको समापन गर्दै नगर भित्रका निम्न वर्गका र आँखाको समस्या भएका व्यक्तिहरुको समस्यालाई मध्यनजर गर्दै शिविर सञ्चालन गरेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । त्यस्तै नगर प्रबक्ता बिष्णु पौडेलले शिविरबाट नगरबासीले भरपूर लाभ लिएकाले प्रभावकारी भएको बताउनुभयो । पिपरा अस्पतालका निमित्त मेसु डा. तेजेन्द्र चौधरीले पछिल्लो समय विभिन्न कारणले धेरै व्यक्तिमा आँखाको समस्या देखिएको भन्दै यस्ता शिविरहरु समय अनुसार संचालन हुने बताउनुभयो ।

प्रकाशित मिति : ८ चैत्र २०८० बिहिबार ००:००  ७ : ५० बजे