१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

एसईई शान्त वातावरणमा सञ्चालनमा : परीक्षा नियन्त्रक



काठमाडौँ ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा शान्त वातावरणमा सञ्चालन भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालयका कक्षा १० परीक्षा नियन्त्रक नन्दलाल पौडेलले परीक्षा शान्तिपूर्ण वातावरणमा भइरहेको बताए ।

अहिलेसम्म देशभर नै निकै सहज, शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा भइरहेको उनको भनाइ छ । कति विद्यार्थी एसईईमा सहभागी भए भन्ने तथ्याङ्क तत्कालै नआउने उनले बताए ।

‘कति विद्यार्थीले परीक्षा दिइरहेका छन् भन्ने ठ्याक्कै अहिले नै भन्न सकिने अवस्था छैन । ७७ वटै जिल्लाबाट तथ्याङ्क सङ्कलन भइरहेको छ । केही समय लाग्छ होला,’ पौडेलले भने ।

यो वर्षको एसईईका लागि पाँच लाख चार हजार ४१४ विद्यार्थीले परीक्षा फाराम भरेका थिए । अहिलेसम्म कुनै पनि ठाउँबाट अमर्यादित घटनाबारे जानकारी नआएको बताए ।

प्रकाशित मिति : १५ चैत्र २०८० बिहिबार ००:००  १० : ४८ बजे