६ असार २०८३, शनिबार | Sat Jun 20 2026

गगन थापाले पुनः थाले ‘संवाद यात्रा’



काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिहीबारदेखि पुनस् ‘संवाद यात्रा’ सुरु गरेका छन्। गत २३ माघमा स्थगित भएको संवाद यात्रा नवलपरासीको सूर्यपुरास्थित प्रतापपुर गुठीबाट थापाले पुनस् सुरु गरेका हुन्।

१३ माघबाट झापाबाट सुरु भएको उनको संवाद यात्रा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनपछि स्थगित गरिएको थियो। बुढाथोकीको २२ माघमा मृत्यु भएपछि संवाद यात्रा नवलपरासीको गोपीगञ्जबाट रोकिएको थियो।

स्थगित हुनु अघि १३ जिल्लामा महामन्त्री थापाले संवाद यात्रा गरेका थिए। १३ माघ देखि २६ माघसम्म हुलाकी राजमार्गले छोएका जिल्लामा संवाद गर्ने गरी यात्रा तय भएको थियो।

नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेमा संवाद यात्रा गरिने बताइएको छ।

प्रकाशित मिति : १५ चैत्र २०८० बिहिबार ००:००  १० : ५६ बजे