१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

शीतगंगामा टिप्पर दुर्घटना हुँदा चालक र सहचालक घाइते



अर्घाखाँची ।
अर्घाखाँचीको शीतगंगामा टिप्पर दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।

कपिलवस्तुदेखि अर्घाखाँचीतर्फ जाँदै गरेको ना१ख ८४७३ नम्बरको टिप्पर गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको शीतगंगा नगरपालिका– ३ स्थित पाडेगैराबासको ओरालोमा दुर्घटना भएको हो ।

दुर्घटनामा चालक र सहचालक घाइते भएको जिल्ला प्रहरी कार्यालयले अर्घाखाँचीले जनाएको छ । दुर्घटनामा चालक अमृत चुँदाली र सहचालक पुरन मगर घाइते भएका प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार उनीहरू सन्धिखर्क नगरपालिका– ७ निवासी रहेको खुलेको छ ।

दुबै जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचार पश्चात् बुटवल रिफर गरिएको छ । टिप्पर सडकबाट झण्डै तीन मिटर तल खसेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८० शनिबार ००:००  ५ : ३७ बजे