२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

आईपीएल क्रिकेटमा गुजरातले हैदराबादलाई हरायो



काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई हराएको छ । आइतवार भएको खेलमा घरेलु टोली गुजरातले हैदराबादलाई ७ विकेटले पराजित गरेको हो ।

हैदराबादले दिएको १ सय ६३ रनको लक्ष्य गुजरातले १९ ओभरमा १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो । गुजरातका लागि शाई सुदर्शनले सर्वाधिक ४५ रन बनाए । त्यसअघि टस जितेर ब्याटिङ थालेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो ।

हैदराबादका अभिषेक शर्मा र अब्दुल समादले २९(२९ रन बनाए ।

प्रकाशित मिति : १९ चैत्र २०८० सोमबार ००:००  ६ : ३४ बजे