१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

मार्सेलीमाथि पीएसजीको २–० को जित



काठमाडौं ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग फ्रेन्च लिग १ को शीर्ष स्थानमा १२ अंकको स्पष्ट अग्रता बनाएको छ।

गएराति भएको खेलमा १० खेलाडीमा सिमित पीएसजीले मार्सेलीमाथि २–० को जित निकाल्दै शीर्ष स्थानमा अग्रता बनाएको हो।

पीएसजीको जितमा विटिन्हा र गोन्सालो रामोसले गोल गरे।

खेलको ४० औँ मिनेटमा लुकास वेराल्डो रातो कार्ड खाँदै मैदान छाडेपछि पिएसजी १० खेलाडीमा समेटिएको थियो।

जितसँगै शीर्ष स्थानमा रहेको पीएसजीले २७ खेलबाट ६२ अंक जोडेको छ। समान खेलबाट मार्सेलीले ३९ अंक बनाएको छ।

गएराति नै भएको खेलमा लोरियन्टलाई १–० ले पराजित गर्दै ब्रेस्ट दोस्रो स्थानमा उक्लेको छ। समान खेलबाट ब्रेस्टको ५० अंक छ।

प्रकाशित मिति : १९ चैत्र २०८० सोमबार ००:००  ९ : ३८ बजे