७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

दक्षिण अफ्रिकी फुटबलरको हत्या



काठमाडौँ।
दक्षिण अफ्रिकी फुटबलर तथा ओलम्पियन लुक फ्लेर्सको गोली हानेर हत्या गरिएको छ। क्लब काइजर चिप्सका अनुसार २४ वर्षीय डिफेन्डर लुकको गोली प्रहार गरेर हत्या गरिएको हो।

उनी हनीड्यू क्षेत्रको पेट्रोल पम्पमा आफ्नो पालो पर्खिरहेका थिए। ‘लुकको जोहानेसबर्गमा लुटपाटपछि हत्या गरिएको थियो,’ क्लबले विज्ञप्तिमा भनेको छ, ‘यस दुःखद घडीमा उहाँका परिवार र साथीहरूप्रति हाम्रो समवेदना।’

प्रहरी प्रवक्ता माभेला मासोन्डोले आक्रमणकारी लुकको कार लिएर भागेको बताए। प्रहरीले कार लुटपाट र हत्याको अनुसन्धान गरिरहेको छ। फ्लेर्स टोकियो ओलम्पिकमा दक्षिण अफ्रिकाको टोलीमा थिए।

प्रकाशित मिति : २३ चैत्र २०८० शुक्रबार ००:००  १० : ४६ बजे