४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

घट्यो सुनको भाउ



काठमाडौं ।
अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुनको भाउ शुक्रबार भने घटेको छ । अघिल्लो दिनको तुलनामा सुन प्रतितोला १ हजार ३ सय रुपैयाँ घटेको छ ।

अघिल्लो दिन तोलाको १ लाख ३४ हजार रुपैयाँमा सुनको कारोबार भएकोमा आज १ लाख ३२ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ६५० रुपैयाँ रहेको चाँदी आज १ हजार ६१५ रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८० शुक्रबार ००:००  १ : ४८ बजे