१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सिद्धार्थ मा.वि बुङ्चीको वि.व्य.स.अध्यक्षमा क्षेत्री



मायादेवी अनलाइन, वाणगंगा ।

वाणगंगा नगरपालिका १ बुङ्ची अवस्थित सिद्धार्थ माध्यमिक विद्यालयमा अभिभावक भेलाबाट नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ । चैत्र ४ गते सम्पन्‍न अभिभावक भेलाले ४ जना सदस्यहरु चयन गरेको थियो । चैत्र २५ गते बसेको ४ सदस्यीय बैठकले थप २ जना सदस्यहरु मनोनित गर्दै अध्यक्षमा गणेशबहादुर क्षेत्रीलाई चयन गरेको हो ।

नवगठित विद्यालय व्यवस्थापन समितिको सदस्यमा शारदा पौडेल, गीता आचार्य, उमा छहारी, विष्णु वि.सी. (थारु) चयन भएका छन् । त्यसै गरी समितिको सल्लाहकारमा प्रेम बहादुर राना, खुम बहादुर मल्ल, जनार्दन ज्ञवाली, ठग बहादुर मल्ल, लक्ष्मी बहादुर खत्री, शंकर प्रसाद पोख्रेल, सुमन क्षेत्री, तेज प्रसाद आचार्य, खिल प्रसाद शर्मा, सुस्मा खाँण, रितु हमाल राना रहेका छन् भने संरक्षकमा शिव बहादुर मल्ल, सुमा क्षेत्री, धन कुमारी मल्ल रहेको विद्यालयका प्रधानाध्यापक दल बहादुर थापाले बताउनु भएको छ ।

नवनिर्वाचित अध्यक्ष गणेश बहादुर क्षेत्रीले समय र अभिभावकको माग अनुसार सिद्धार्थ माध्यमिक विद्यालयलाई अंङ्‍ग्रेजी तथा नेपाली दुबै माध्यमबाट निम्‍न वर्गका बालबालिकाहरुले समेत अध्ययन गर्न सक्ने वातावरण सिर्जना गर्दै यस क्षेत्रकै प्राविधिक नमुना विद्यालयको रुपमा स्थापित गर्न आफूले कुनै कसर बाँकी नराख्‍ने दावी गर्नुभयो ।

त्यसै गरी नवगठित विद्यालय व्यवस्थापन समितिलाई बधाई तथा शुभकामना दिँदै विद्यालयका प्रधानाध्यापक दलबहादुर थापाले आफूले परिकल्पना गरेको प्रविधिमैत्री एक उत्कृष्ट विद्यालय बनाउन समितिले महत्त्वपूर्ण र रचनात्मक भूमिका खेल्ने विश्‍वास समेत व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २५ चैत्र २०८० आइतबार ००:००  ९ : २२ बजे