१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार



काठमाडौं ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

लुम्बिनीमा दलहरूबीच भएको सहमतिअनुसार नेकपा ९एमाले०ले पाँच, माओवादी केन्द्रले मुख्यमन्त्रीसहित थप दुई, नागरिक उन्मुक्ति, जसपा र स्वतन्त्र सांसदले एक÷एक मन्त्रालय भागमा पाएका छन् ।

विस्तारित मन्त्रिमण्डलमा नारायण आचार्य आर्थिक मामिला तथा योजना मन्त्रालय, दीपेन्द्र पुन स्वास्थ्य र भण्डारीलाल अहिरले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

दिनेश पन्थी, खड्ग बस्नेत, धर्मबहादुर चौधरी, अर्जुन कुमार केसी, भुमिश्वर ढकाल, र रत्नबहादुर खत्रीले विनाविभागीय मन्त्रीको जिम्मेवारी पाएका छन् । उनीहरूको मन्त्रालय टुंगिएको छैन । उनीहरू विनाविभागीय शपथ लिनेछन् ।

प्रकाशित मिति : ६ बैशाख २०८१ बिहिबार ००:००  १२ : ५८ बजे