६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

युरोपा लिगबाट बाहिरियो लिभरपुल



काठमाडौं ।
युरोपा लिग फुटबलमा लिभरपुल क्वाटरफाइनलबाटै बाहिरिएको छ।

युरोपा लिगको दोश्रो लेगमा एटलान्टालाई १–० ले हराए पनि लिभरपुलले सेमिफाइनलमा प्रवेश गर्न सकेन। लिभरपुलका लागि मोहमद सलाहले सातौं मिनेटमा पेनाल्टीबाट गरेको गोल लिभरपुललाई दोश्रो चरणमा पुग्न पर्याप्त भएन ।

जितका बाबजुद लिभरपुल समग्रमा ३–१ ले पछाडि पर्‍यो र एटलान्टा सेमिफाइनल पुग्यो। गएराति नै भएका अन्य खेलमा मार्से, रोमा र लेभरकुजनले पनि अन्तिम चारमा स्थान बनाए।

प्रकाशित मिति : ७ बैशाख २०८१ शुक्रबार ००:००  ६ : १४ बजे