२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

कपिलवस्तुका केसी भए वन मन्त्री



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुका लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन केसीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले केसीलाई बैशाख ६ गते प्रदेश सरकारको विना विभागीय मन्त्रीमा नियुक्त गरेका थिए ।

बुधबार बसेको मन्त्रीपरिषदको बैठकले केसीलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

कपिलवस्तु प्रतिनिधिसभा ३ को प्रदेश सभा १ का प्रदेश सांसद रहेका केसी चन्द्रौटाबासी हुन् ।

उनी नेकपा (एमाले) बाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०८१ बिहिबार ००:००  ८ : ३९ बजे