२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

लुम्बिनीका ७ विनाविभागीय मन्त्रीको जिम्मेवारी तोकियो, कसलाई कुन मन्त्रालय ?



बुटवल ।
लुम्बिनी प्रदेशमा ७ जना विनाविभागीय मन्त्रीको जिम्मेवारी तोकिएको छ ।

एमालेका चार, नागरिक उन्मुक्तिका एक, नेकपा एकीकृत समाजवादीका एक र एक स्वतन्त्र सांसदको जिम्मेवारी तोकिएको हो ।

बुधवार बसेको प्रदेश मन्त्री परिषद् बैठकले मन्त्रीहरूको कार्यविभाजन गर्ने निर्णय गरेको हो ।

जस अन्तर्गत एमालेका भूमिश्वर ढकाललाई शहरी विकास तथा खानेपानी, दिनेश पन्थीलाई आन्तरिक मामिला तथा कानून, अर्जुनकुमार केसीलाई वन तथा वातावरण, रत्नबहादुर खत्रीलाई सामाजिक विकास, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास र यातायात, नेकपा एकीकृत समाजवादीकी भगवती अधिकारीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, स्वतन्त्र सांसद खड्ग बस्नेतलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यसअघि एमालेका चेतनारायण आचार्यलाई आर्थिक मामिला, नेकपा माओवादी केन्द्रका दीपेन्द्र पुनलाई स्वास्थ्य र जसपाका भण्डारीलाई अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

तर अहिरले सहमतिअनुसार मन्त्रालय नपाएको भन्दै मन्त्री पदबाट राजीनामा गरेका थिए । उनको राजीनामा स्वीकृत भएको छैन ।

सत्तासाझेदार दललाई रिझाउन मन्त्रालय फुटाउने र संख्या बढाउने काम गरिएको छ । अझै जसपा र नागरिक उन्मुक्तिको माग पूरा भएको छैन ।

दुबै दलले थप १/१ मन्त्रालय पाउनुपर्ने अडान राखेका छन् ।

माओवादीका जोखबहादुर महरा गत चैत २३ गते पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जनाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०८१ बिहिबार ००:००  ८ : ४५ बजे