१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बुद्धभूमि नगरपालिकामा आए चुरामणी पन्थी



कपिलवस्तु ।
कपिलवस्तु बुद्धभूमि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा चुरामणी पन्थी हाजिर भएका छन् ।

नगरप्रमुख केशव कुमार श्रेष्ठ लगायतले सोमबार पन्थीलाई पुष्पगुच्चाले स्वागत गरेका थिए । बाणगंगा नगरपालिकामा पनि काम गरिसकेका पन्थीले यसअघि भक्तपुरको चागुँनारायण नगरपालिकामा कार्यरत थिए ।

बुद्धभूमिमा एक बर्षदेखि ध्रुव प्रसाद नेपाल प्रमुख प्रशासकीय अधिकृतको रुपमा थिए । नेपालको यहीँ बैशाख महिनादेखि अनिवार्य अवकाश भएपछि पन्थी यहाँ आएका हुन् ।

बुद्धभूमिमा हाजिर भएका पन्थीले सेवाप्रवाह लगायतका काममा राम्रोसँग काम गर्ने बताए । जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध राम्रो भए मात्र नगरपालिकाका काम कारबाहीमा प्रगति हासिल गर्न सकिने उनले बताए । बुद्धभूमिमा पनि त्यो सम्बन्ध विकास गर्ने उनको भनाई छ ।

नगरप्रमुख श्रेष्ठले पन्थीलाई स्वागत गर्दै कार्यालयका प्रशासनिक काम र नगरबासीको सेवालाई सहज हुनेगरी काम गर्न सुझाएका थिए ।

नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको पनि स्वागत कार्यक्रममा सहभागिता थियो । स्वागत कार्यक्रमको संचालन अधिकृत केशव ज्ञवालीले गरेका थिए ।

प्रकाशित मिति : १ जेष्ठ २०८१ मंगलबार ००:००  १० : १६ बजे