२७ असार २०८२, शुक्रबार | Fri Jul 11 2025

प्रदेश स्तरीय सरोकारवालाको समन्वयात्मक वैठक सम्पन्न



भालुवाङ ।
सामाजिक विभेदको विरुद्ध पैरवी गर्दै आइरहेको दलित सामाजिक विकास केन्द्रले प्रदेश स्तरमा विभिन्न निकायसंगको समन्वयात्मक वैठक भालुवाङमा सम्पन्न गरेको छ । २०६१ सालमा कपिलवस्तुमा संस्था स्थापना गरेर दलित, महिला गरिब विपन्न समुदायको अधिकारको लागी पैरवी गरिरहेको संस्थाले हाल विभिन्न साझेदारी कार्यक्रमहरु मार्फत सामाजिक रुपान्तरणका कार्यक्रम संचालन गरेको संस्थाले जनाएको छ ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न बहादुर खत्रीले मन्त्रालयले सामाजिक संघसंस्था संग साझेदारी गरी प्रदेश स्तरमा प्रभावकारी काम गर्न खोजेको बताउनुभयो । उहाँले यहाँको गरिबी, अशिक्षा, जीविकोपार्जन र समुदायको उत्थानमा विकास साझेदार निकायसंग सहकार्य गर्ने बताउनुभयो । मन्त्रालयले एकद्धार प्रणालीबाट लक्षित समुदायलाई सहयोग गर्ने क्षेत्रमा सुशासन र पारदर्शीताको खाँचो भएको औल्याउनुभयो ।
लुम्बिनी प्रदेशको भालुवाडमा आयोजित कार्यक्रममा दलित सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक रामशरण रैदासले संस्थागत प्रस्तुती गर्दै विभिन्न आधारमा गरिने सवै प्रकारका भेदभावको अन्त्यको लागि कपिलवस्तुमा अभियान संगै आर्थिक सामाजिक सशक्तिकरणका कार्यक्रम संचालन गरेको जानकारी दिनुभयो ।
सोही अवसरमा युनाइटेड मिसन टु नेपालकाका मेल्सन श्रेष्ठले नेपालमा लामो समयदेखि स्वास्थ्य, शिक्षा, आयआर्जन, जीविकोपार्जन, वातावरण, जलवायु परिवर्तनको क्षेत्रमा संस्थाले काम गर्दै आइरहेको जानकारी दिनुभयो ।
त्यस्तै संस्थाका परियोजना अधिकृत रमेश कुर्मीले जीवन सुधार परियोजनाको गतिविधीबारे जानकारी दिनुभएको थियो । प्रदेश स्तरीय सरोकारवालाको समन्वयात्मक वैठकमा सामाजिक विकास मन्त्रालयका उपसचिव दिवाकर भण्डारी, कृषि तथा भूमि व्यवस्था मन्त्रालयका योजना महाशाखा प्रमुख सन्देश धिताल लगाएतले सुझाव सल्लाह दिदै संस्थाले एकिकृत रुपमा संचालन गरेको परियोजनामा मन्त्रालयबाट आवश्यक समन्वय र सहयोग हुने बताउनुभयो ।
संस्थाकी अध्यक्ष सुरजमती पासीको अध्यक्षता, गैसस महासंघ लुम्बिनीका केशव भुसालले संचालन गर्नुभएको वैठकमा गैसस महासंघ लुम्बिनी प्रदेश समिति अध्यक्ष शुशीला बेल्वासे, संघसंस्थाका विभिन्न प्रतिनिधी, सरकारी निकायका प्रतिनिधी, संचारकर्मी लगाएतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ८ असार २०८१ शुक्रबार ००:००  ८ : ५९ बजे