१८ माघ २०८२, आइतबार | Mon Feb 2 2026

कक्षा १२ को पुरक परीक्षा भदौ २५ र २६ गते



काठमाडौं ।
आज सार्वजनिक भएको कक्षा १२ को नतिजामा बढीमा दुई विषयमा नन्ग्रेडेड विद्यार्थीका लागि आउँदो भदौ २५ र २६ गते पुरक परीक्षा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णयसँगै पुरक परीक्षाको मिति पनि तय गरेको हो ।

नियमित परीक्षार्थीका रुपमा सहभागी भई सैद्धान्तिकतर्फ अन्य सबै विषयमा ‘डी’ वा त्यो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा नन्ग्रेडेड वा बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीले पुरक परीक्षा दिन पाउँछन् ।

आज सार्वजनिक भएको नतिजाअनुसार कक्षा १२ मा दुई लाख तीन हजार आठ सय ४७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । नियमित तर्फका ५२ दशमलव ९१ प्रतिशत परिक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । त्यस्तै, एक लाख ८७ हजार विद्यार्थी नन्ग्रेडेड अर्थात अनुत्तीर्ण भएका छन् । यस वर्ष तीन लाख ९० हजार ८६८ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०८१ शुक्रबार ००:००  ६ : ४२ बजे