२४ भाद्र २०८१, सोमबार | Mon Sep 9 2024

हालसम्म नेपालका ४० वटा हेलिकप्टर दुर्घटना (सूचीसहित)



काठमाडौँ ।
काठमाडौँबाट रसुवाको स्याफ्रबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर बुधबार नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित गुर्जेमा दुर्घटना भएको छ । उक्त दुर्घटनामा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीले पुष्टि गरेका छन् ।

चालकसहित ५ जना सवार हेलिकप्टरमा थप एक जनाको अवस्था भने यो समाचार तयार गर्दासम्म अज्ञात छ । घटनालगत्तै सेनाको हेलिकप्टर घटनास्थलमा पुगेको छ भने प्रहरी र सेनाका साथै स्थानीय समेत उद्धारमा खटिएका छन् ।

नेपाली आकाशमा हेलिकप्टर दुर्घटना योसहित ४० वटा भइसकेको छ । नागरिक उड्ययन प्राधिकरणका अनुसार २७ डिसेम्बर १९७९ मा लेटाङमा भीभीआईपी हेलिकप्टर दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका थिए ।

यस्तै त्यसपछि २७ अप्रिल १९९३ मा हिमालयन हेलिकप्टर लेटाङमै दुर्घटना हुन पुग्यो । यद्यपि सो दुर्घटनामा भने कुनै मानवीय क्षति भएको थिएन ।

पछिल्लो पटक मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना भएको थियो । ११ जुलाई २०२३ मा भएको उक्त दुर्घटनामा ६ जनाले ज्यान गुमाएका थिए ।

हेर्नुहोस् हेलिकप्टर दुर्घटना र मानवीय क्षतिको विवरण

प्रकाशित मिति : २३ श्रावण २०८१ बुधबार ००:००  ३ : ३५ बजे