३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ



धनगढी ।

डोटीमा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

बुधबार दिउँसो पूर्वीचौकी गाउँपालिका–५ उपरकाँडाका ५० वर्षीय पदी साउदले ४५ वर्षकी श्रीमती नरु साउदको धारिलो हतियार प्रहार गरेर हत्या गरेका हुन्।

प्रहरीले उनलाई घटना भएको एक घण्टाभित्र हत्या गरेर भाग्दै गरेको अवस्थामा पूर्वीचौकीबाटै नियन्त्रणमा लिएको छ।

अपराह्न सवा चार बजे जानकारी भएपछि अहिले जिल्ला प्रहरी कार्यालय डोटीको टिम घटनास्थलतर्फ गइरहेको छ।

प्रकाशित मिति : ६ भदौ २०८१ बिहिबार ००:००  ९ : ०१ बजे