३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

सुनकोशीमा कार खस्यो, १ को उद्धार, कार र अन्य यात्रुको खोजी जारी



काठमाडौँ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ बेलटारस्थित सडकबाट एक निजी कार सुनकोशी नदीमा खसेको छ।

कारमा सवारमध्ये एक जना घाइतेलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित अस्पताल पठाइएको छ।

नदीमा खसेको कार र बाँकी यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

खोटाङको हलेसीबाट काठमाडौँतर्फ आइरहेको सो कार आज करिब साँझ ५स्३० बजे नदीमा खसेको थियो। घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : ८ भदौ २०८१ शनिबार ००:००  ८ : २७ बजे