७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

प्रहरी प्रभाग साँखुका प्रमुख प्रहरी निरीक्षक चुदाली पुरस्कृत



काठमाडौं ।

काठमाडौं जिल्ला प्रहरी कार्यालयले २०८१ भाद्र ४ गतेदेखि १३ गतेसम्म विशेष अभियान सञ्चालन गरी फरार प्रतिवादीहरुको पक्राउको लागि ठोस कदम चालेको छ। सो अभियानको क्रममा प्रहरी प्रभाग साँखुका प्रमुख प्रहरी निरीक्षक नबिन चुदालीले महत्वपूर्ण भूमिका निभाउुन भएको छ । उहाँले साँखु कार्यालयको जिम्मेवारी सम्हालेको छोटो अवधिमै उत्कृष्ट कार्य सम्पादन गरी विशेष अभियानको लक्ष्य हासिल गर्न सफल हुनु भएको हाे ।

निरीक्षक चुदालीले १ वर्ष ३ महिना २ दिनको कैद सजाय र १५,७६,९४१ रूपैयाँ जरिवाना तोकिएका ८० जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतसमक्ष पेश गर्नुभएको थियो। उहाँको यो सराहनीय कार्यको उच्च मूल्याङ्कन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेद्वारा खादा ओडाई नगद पुरस्कारद्वारा सम्मानित गरिएको छ।

यसअघि पनि प्रहरी निरीक्षक चुदाली लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट पुरस्कृत हुनुभएको थियो। निरीक्षक चुदालीको यो सफलता र प्रहरी सेवामा देखाएको प्रतिबद्धता सुरक्षा निकायभित्र प्रेरणादायी मानिएको छ।

प्रकाशित मिति : २७ भदौ २०८१ बिहिबार ००:००  ७ : ५३ बजे