८ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025

मेक्सिकोमा अब न्यायाधीशको चयन जनताले गर्ने, विरोधमा कानूनका विद्यार्थी



एजेन्सी ।
मेक्सिको विश्वको पहिलो यस्तो मुलुक बनेको छ जहाँ न्यायाधीशहरूके चयन अब नागरिकले गर्नेछन्।

मेक्सिको सरकारले बुधवार न्यायाधीश चयन नागरिकबाट गराउने सम्बन्धी विधेयक संसदबाट पारित गरेको छ। यो विधेयक पारित भएसँगै अब नागरिकले आफ्नो मताधिकारको प्रयोग गरेर न्यायाधीश चयन गर्न पाउने छन्।

सत्तारुढ दल मोरेनाले संसदमा प्रस्तुत गरेको उक्त विधेयकको पक्षमा ८६ मत खस्दा विपक्षमा ४१ मत परेको छ। जसलाई मेक्सिकोको संसदले बहुमतले पारित गरको हो।

विधेयक पारित भएसँगै अब सर्वोच्च अदालतको प्रमुख न्यायाधीशसहित देशका अन्य अदालतका न्यायाधीशहरू पनि अब नागरिकले चुन्ने छन्। उक्त विधेयक पारित गराउनमा मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज ओब्रेडोरको भूमिका महत्त्वपूर्ण रह्यो।

तर, सरकारको उक्त प्रस्तावको विरोधमा भने कानूनका विद्यार्थीहरू आन्दोलित भएका छन्। उनीहरूले न्यायपालिका पतन हुन नदिने भन्दै नाराबाजी समेत गरेका थिए। बुधवार संसदमा सरकारको उक्त कानून प्रस्तुत हुनुभन्दा एकदिन अघि मङ्गलावर आन्दोलनरत पक्षले संसदमा प्रवेश गर्दै तोडफोड समेत गरेको थियो।

प्रकाशित मिति : २७ भाद्र २०८१ बिहिबार ००:००  ११ : ०६ बजे