५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

नारायणीको बाढीले देवघाटका धर्मशालामा डुबान



चितवन ।

नारायणी नदीमा आएको बाढीले देवघाटधामस्थल जलमग्न भएको छ।

शुक्रबारदेखिको लगातारको वर्षाका कारण आएको बाढीका कारण जयभोले कुटी र अखण्ड धर्मशाला ढुबानमा परेको छ।

त्यहाँ बसेका एक सय जनाभन्दा बढीलाई शनिबार बिहानै उद्धार गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

बाढीले निर्माणधीन विद्युतीय शवदाहगृह पनि डुबेको छ। निरन्तरको वर्षातसँगै नदीमा जलसतह बढेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।

प्रकाशित मिति : १२ आश्विन २०८१ शनिबार ००:००  ११ : ३९ बजे