३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

लिग टुमा आज नेपालले स्कटल्याण्डसँग १२औँ खेल खेल्दै



काठमाडौं ।

नेपालले आज स्कटल्यान्डसँग अन्तिम खेल खेल्दैआइसीसी त्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिका भ्रमण टुंग्याउँदैछ।

यी दुईबीचको खेल डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा राति सवा १० बजे सुरु हुनेछ। चोटका कारण करण केसीले आजको खेल गुमाउने सम्भावना छ। अलराउन्डर करण अमेरिकासँगको खेलका क्रममा घाइते भएका थिए। त्यसैले प्रशिक्षक मोन्टी देसाइले उनलाई आराम दिन सक्छन्।

घरेलु टोलीसँगको दोस्रो खेलमा पनि पराजित भएको नेपाल जितका साथ सिरिज अन्त्य गर्ने लक्ष्यमा हुनेछ। अमेरिकासँग पहिलो खेलमा नेपाल तीन विकेट र दोस्रो खेलमा ३७ रनले पराजित भएको थियो।

स्कटल्यान्डविरुद्ध भने नेपाल तीन ओडिआइ यता अपराजित छ। जारी सिरिजको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो।

लिग टु का एघार खेल खेलिसकेको नेपालले अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन। तालिकाको सातौं स्थानमा रहेको नेपालको मात्र ५ अंक छ। दश खेलबाट १३ अंक जोडेको स्कटल्यान्ड तेस्रो स्थानमा छ।

गत भदौ २५ गते क्यानडा गएको नेपालले त्यही भदौं ३१ र असोज ६ मा क्यानडासँग र असोज २ र ८ मा ओमानसँग खेल्यो। त्यहाँबाट एक अंक बटुलेर अमेरिका गएको नेपालले २ अंकमात्र जोडेको छ।

प्रकाशित मिति : १९ कार्तिक २०८१ सोमबार ००:००  ९ : १५ बजे