३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

अमेरिकाले दुई दिन थप्यो डिभी भर्ने समय



काठमाडौँ ।

अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) भर्ने समय दुई दिन थप गरेको छ। अमेरिकाले डाइभर्सिटी भिसा डीभी २०२६ को लागि आवेदन दिने समय दुई दिन थप गरेको हो। नेपालस्थित अमेरिकी दूतावासका अनुसार यसअघि ५ नोभेम्बर २०२४ सम्म कायम गरिएको समयावधि दुई दिन थपेर ७ नोभेम्बरसम्म बढाइएको जनाएको छ।

दूतावासका अनुसार असोज १६ गते बुधबार राति ९ः४५ बजेदेखि डिभी कार्यक्रममा आवेदन खुल्ला गरिएको थियो। डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ।

प्रकाशित मिति : १९ कार्तिक २०८१ सोमबार ००:००  ४ : २० बजे