२२ मंसिर २०८१, शनिबार | Sat Dec 7 2024

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु



काठमाडौं ।

देशका विभिन्न स्थानमा भएका पछिल्ला दुर्घटनामा १० जनाको मृत्यु भएको छ। चितवन, सप्तरी, दाङ, झापा र बर्दियामा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।

चितवन, भरतपुर महानगरपालिका २९ सत्र किलोस्थित सडकमा बा.प्र.०६-००१ ज ०२९८ नम्बरको हाइस र बा.प्र.०३-००१ ख २८१२ नम्बरको बस एकआपसमा ठक्कर खाई शुक्रबार बिहान दुर्घटना हुँदा हाइसमा सवार गोरखा आरूघाट गाउँपालिका-१ मान्बु बस्ने ४२ वर्षीय राज बहादुर गुरूङ समेत ५ जनाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरी, डाक्नेश्वरी नगरपालिका-९ मुत्नी खोलास्थित सडकमा प्रदेश २-०३-१० प ०५६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक रूपनी गाउँपालिका बस्ने २५ वर्षीय रामानन्द रामको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि घोपा धरानतर्फ पठाइएको छ।

यसैगरी सप्तरी, कंचनरूप नगरपालिका-८ बेरियरचोकस्थित सडकमा बागमती प्रदेश-०१-००६ ख ५९४४ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूषको बिहीबार राति मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दाङ, लमही नगरपालिका-४ अर्नवास्थित सडकमा रा.५ प ४३९७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७२ वर्षीय नकुल सिंह ठकुरीको मृत्यु भएको छ।

बिहीबार बिहान मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही हुँदै नर्सिङ होम नेपालगंज बाँकेमा थप उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

झापा, गौरीगंज गाउँपालिका-३ ठेकिटोलास्थित सडकमा मे.८ प ८८९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-४ बस्ने ३० वर्षीय रोशन मगरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको दमक हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

बर्दिया, बाँसगढी नगरपालिका-४ मटेरिया चोकस्थित सडकमा भे १ च ४६८ नम्बरको अटो अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार बाँसगढी नगरपालिका-८ ककौरा बस्ने ५९ वर्षीय दीर्घ नारायण पंगेनीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका अटोमा सवारमध्ये १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २३ कार्तिक २०८१ शुक्रबार ००:००  १ : ३१ बजे