७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु



मध्यविन्दु ।

कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ।

बुलिङटार गाउँपालिका–२ भाङबारीमा शुक्राबार राति मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका तनहुँको देवघाट गाउँपालिका–२ नरमका २१ वर्षीय विकाश थापाको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

बुलिङटारबाट गैँडाकोटतर्फ जाँदै गरेको ना२७प २४८ नम्बरको मोटरसाइकल दुर्घटना भएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का डीएपसी जेशी शाहले बताए।

प्रकाशित मिति : १ मंसिर २०८१ शनिबार ००:००  ९ : ०५ बजे