२३ मंसिर २०८१, आइतबार | Mon Dec 9 2024

चौथो बुद्धभूमि महोत्सवको आयोजक बुद्धभूमि उद्योग वाणिज्य संघ, मंसिर ६ मा उद्घाटन



मायादेवी अनलाइन, बुद्धभूमि ।
यहीँ मंसिर ६ गते उद्घाटन हुने बुद्धभूमि महोत्सवको तयारी तिव्र पारिएको छ ।

चौथो पटक लाग्न थालेको यस महोत्सलाई यो पटक संघले आयोजना गर्न थालेको हो ।

वितेका तीन बर्ष महोत्सव त्यति सफल भएन् । यस बर्ष सिंगो संघ नै आयोजक भएपछि महोत्सव सफल हुनेमा बुद्धभूमिबासी विश्वस्त छन् । महोत्सव यस बर्ष गोरुसिंगे बजारमा लाग्ने छ ।

महोत्सवमा रैथाने खाना र स्थानीय उद्यमलाई प्राथमिकता दिइने भएको छ ।

महोत्सव स्थलमा आयोजना भएको पत्रकार सम्मेलनमा आयोजक बुद्धभूमि उद्योग वाणिज्य संघले यस विषयमा जानकारी दिएको हो ।

यहि महोत्सवलाई विशेष बनाउन आफूहरु लागि परेको संघका अध्यक्ष शुभलाल भूसालले बताए । उनका अनुसार महोत्सवमा राखिने १ सय ५० स्टलमध्ये स्थानीय होटल, कृषि र कलाहरुलाई प्राथमिकता दिँदै ५० प्रतिशतसम्म छुट दिइएको छ ।

स्थानीय कला, कृषि उत्पादनलाई प्रर्वद्धन गर्न २० वटा स्टल निर्धारण गरिएको भुसालले जानकारी दिए । ती स्टलमा रैथाने खानाको रुपमा थारुका परिकार, हस्तकला, परम्परागत उत्पादन मगर, नेवारी लगायतका खाना, स्थानीय अचार ,स्थानीय कृषि उत्पादनलाई राखिने छ । महोत्सव मंसिर १६ गतेसम्म संचालन हुने छ ।

यसका साथै महोत्सव अवधिभर कृषि उपजका समानहरुविक्रि वितरण, पर्यटकीय स्थलहरुको प्रचारप्रसार, आंखा शिविर, सरसफाई, बृक्षारोपण, रक्तदान लगायतका सामाजिक र मानवीय गतिविधिहरु पनि राखिएको संघका महासचिव हरिलाल अधिकारीले बताए । नगरका पर्यटकीय स्थललाई चिनाउन फोटो प्रर्दशनी लगायतका गतिविधि हुने बताइएको छ ।

दैनिक १० हजारका दरले मेलाअवधिभर १ लाख दर्शकले मेला अवलोकन गर्ने र करिब १ करोड बराबरको कारोबार हुने लक्ष्य राखिएको पत्रकार सम्मेलनमार्फत् अध्यक्ष भुसालले जानकारी गराए ।

महोत्सव लगाउँदै गर्दा वनले झमेलामा पारेको भन्दै सास्ती नदिन अध्यक्ष भूसालले आग्रह गरे । महोत्सव हुने स्थानमा वनको जग्गा जम्मा ५ प्रतिशत पनि नभएको बताउँदै यसैको आधारमा आफूहरुलाई अवरोध सिर्जना गर्ने गरेको भन्दै आयोजकले पत्रकारसमक्ष दुख ब्यक्त गरेका थिए ।

अपांगता भएका ब्यक्ति, ज्येष्ठ नागरिक र विद्यार्थीलाई टिकटमा छुट दिइएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरिले महोत्सवलाई सफल बनाउन सबै पत्रकारले सहयोग गर्नुपर्ने बताए । पत्रकारहरुले महोत्सवमा हुने विकृसत, विसंगतिमाथि सजग गराउँदै गलत क्रियाकलापलाई रोक्न आग्रह गरेका थिए । विषयगत समिति संयोजकहरुले पनि महोत्सवको तयारीका बारेमा जानकारी दिएका थिए ।

जोखिम रहने विषयहरुमा पूर्ण रुपामा विमा गरी काम गरिएको, सम्भावित दुर्घटना र जोखिमका विषयमा विमा ग्यारेन्टी गरिएको भन्दै ढुक्क भएर महोत्सवमा सहभागि हुने आयोजकले सबैमा आग्रह गरेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८१ मंगलबार ००:००  ११ : ५५ बजे