३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

पाकिस्तानमा भएको आक्रमणमा ८ जना सैनिकको ज्यान गयो



एजेन्सी ।

उत्तर–पश्चिम पाकिस्तानमा भएको आक्रमणमा परी आठ जना सैनिकको ज्यान गएको छ । आक्रमणमा आठ जना सैनिकको ज्यान जानुका साथै सात जना प्रहरी अपहरणमा परेका प्रहरी तथा गुप्तचर अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

खैबर–पख्तुनख्वा प्रान्तको तिराह क्षेत्रमा भएको झडपमा नौ जना आतङ्कवादी पनि मारिएका छन् । पाकिस्तानी तालिबान (टीटीपी) ले यो घटनाको जिम्मेवारी लिएको खबरमा उल्लेख छ । अधिकारीका अनुसार आक्रमणकारीहरूले अधिकारीहरूका हातहतियार पनि जफत गरेका छन् ।

अफगानिस्तानसँगको सिमानामा पाकिस्तानी तालिबानको आक्रमण बढिरहेको छ । तालिबान समूहले अक्टोबर २५ मा १० जना प्रहरी अधिकारीको हत्या गरेको थियो ।

यसअघि प्रान्तीय राजधानीको रेल स्टेशनमा यही समूहले गरेको बम विस्फोटमा १४ जना सैनिकसहित २६ जनाको ज्यान गएको थियो भने एक हप्तापछि शनिवार पाकिस्तानको दक्षिण–पश्चिम बलुचिस्तान प्रान्तमा उनीहरूले सात जना सैनिकको हत्या गरेका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०८१ मंगलबार ००:००  ७ : ०८ बजे