मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुको बैजलपुर जनकल्याण सामुदायिक वन उपभोक्ता समितिले विद्यार्थीलाई न्यानो पोशाक ९ट्रयाकसुट० वितरण गरेको छ ।
वनले मंगलबार एक कार्यक्रमकाबीच पञ्च आधारभूत विद्यालय बैजलपुरमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई न्यानो पोशाक वितरण गरेको हो । कार्यक्रममा बोल्दै बैजलपुर जनकल्याण सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष तथा प्रमुख अतिथी लोकमाया कंडेलले सामुदायिक वनले सामाजिक क्षेत्रमापनि काम गर्दै आएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने बताइन् ।
यस्तै वाणगंगा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले विद्यार्थीलाई न्यानो पोशाक वितरण गरेकोमा वनलाई धन्यवाद दिए । यसले विद्यार्थीलाई राहत मिल्ने बताए । कार्यक्रममा श्री सुपा देउराली माता मन्दिर समितिका अध्यक्ष ओम प्रकाश न्यौपानेको विशिष्ट आतिथ्यता रहेको थियो ।
शिक्षक सुजता रेग्मीको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन शिक्षकद्धोय पुनम राना र रोशन खनालको संचालनमा सम्पन्न भएको भएको हो । कार्यक्रममा प्र।अ। पोम बहादुर हिस्की, पूर्व प्र।अ। जगतराज रेग्मी लगाएतले मन्तब्य राखेका थिए ।
प्रतिक्रिया