७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

काठमाडौं महानगरका पहिलो मेयर पीएल सिंहको निधन



काठमाडौं ।

काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन भएको छ।

पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

८५ वर्षीय सिंह लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए।

उनी ०४६ सालसम्म चाक्सीबारीस्थित गणेशमान सिंहको निवासमै बसेका थिए। गणेशमान र मंगलादेवी सिंहलाई सहयोग गरेका थिए। पीएल त्यसपछि आफ्नै निवासमा बस्न थालेका थिए।

२०४९ मा स्थानीय निर्वाचन जितेर तत्कालीन काठमाडौं नगरपालिकाका मेयर बने। पञ्चायत व्यवस्थापछि काठमाडौंका उनी पहिलो मेयर हुन्।

प्रकाशित मिति : १ पुस २०८१ सोमबार ००:००  ८ : २६ बजे