२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

कपिलवस्तुमा पोखरीमा डुबेर तीन बर्षिय बालकको मृत्यु



कपिलवस्तु ।

कपिलवस्तुको मायादेवी गाउँपालिका–३ चौदाहवामा बारीमा सिचाई गर्न बनाइएको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।

स्थानीय प्रदीप पत्थरकट्टको ३ वर्षीय छोरा अनुजको आफ्नै बारीमा रहेको पोखरीमा डुबेर सोमवार दिउसो १ बजेतिर मृत्यु भएको हो।

दुवै खट्टा नचल्ने अपाङ्गता रहेका बालक हातले हिँडेर खेल्ने क्रममा पोखरीमा खसेको इलाका प्रहरी कार्यालय पकडीमा निरीक्षण कमल क्षेत्रीले बताए।

पोखरीमा डुबेको देखेपछि छोरालाई आमा अमृताले बाहिर निकाले पनि अनुजको पोखरी मै मृत्यु भइसकेको थियो।

प्रकाशित मिति : २३ पुस २०८१ मंगलबार ००:००  ९ : ०७ बजे