४ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025

दाइले खेलाएको भरुवा बन्दुक पड्केर भाइको मृत्यु



घोराही ।

दाङमा गोली लागेर एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–३ ठुलासम्वामा बरुवा बन्दुकको गोली लागेर आठ वर्षीय बालक भुवन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीले भरुवा बन्दुक चलाएर भाइको हत्या गरेको आरोपमा भुवनका दाजु १० वर्षीय शिशिर केसी र ६२ वर्षीय बाजे भुपेन्द्र खत्रीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायले जानकारी दिनुभएको छ ।

प्रहरी निरीक्षक रोकायका अनुसार घरमा लोड गरी राखेको भरुवा बन्दुक शिशिरले खेलाउने क्रममा पड्किदा भाईलाई गोली लागेर मृत्यु भएको हो ।

प्रहरीले घटनास्थलबाट एक थान भरुवा बन्दुक, चार वटा गोली, ३२८ थान छर्रा समेत बरामद गरेको घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी टोली खटिएको बताउनुभयो ।

प्रकाशित मिति : २६ माघ २०८१ शनिबार ००:००  २ : ०० बजे