४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

कृष्णनगरमा आज निःशुल्क आँखा शिविर हुँदै 



कृष्णनगर ।

कपिलवस्तुको कृष्णनगर उद्योग वाणिज्य संघको आयोजना तथा छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगञ्जको प्राविधिक सहयोगमा आज निःशुल्क आँखा शिविर सञ्चालन हुँदैछ।

उद्योग वाणिज्य संघका अध्यक्ष रितेश शर्माका अनुसार शिविर उद्योग वाणिज्य संघ, कृष्णनगरको सभाहलमा विहान १० देखि सञ्चालन हुनेछ ।

शिविरमा आँखासम्बन्धी समस्या भएका सम्पूर्ण बिरामीहरूले निःशुल्क जाँच गराउन सक्ने छ्न ।

उद्योग बाणिज्य सघं कृष्णनगरका उपाध्यक्ष नसरुल्लाह खानका अनुसार शिविरमा निःशुल्क आँखा परीक्षण तथा परामर्श सेवा, चस्मा वितरण र निशुल्क अपरेसनको ब्यवस्थापन गरिने गरिनेछ ।

उक्त शिविरमा कृष्णनगर नगरपालिका, महाराजगन्ज नगरपालिका विजयनगर गाउपालिकाका नागरिकहरूले लाभ लिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २९ माघ २०८१ मंगलबार ००:००  ९ : २४ बजे