बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगा ७ मा रहेको फुलबारी सामुदायिक बन उपभोक्ता समूहको अध्यक्ष पदमा शेषकान्त बेल्बासे बिजयी भएका छन् । गत शनिबार सम्पन्न साधारण सभाको बाणगंगा ७ स्थित जनज्योती बिद्यालयमा आज भएको चुनावमा बेल्बासे बिजयी भएका हुन् ।
अध्यक्षका उम्मेदवार बेल्बासेले ३०३ मत ल्याउदै बिजयी भएका हुन् भने उनका प्रत्यासी जयलाल गिरिले २ सय ३२ मत प्राप्त गरेका छन् । त्यस्तै सचिवमा शान्ती खनालले २ सय ८४ मत ल्याउदै बिजयी भएकी छिन् भने अर्की सचिव पदकी उम्मेदवार बिष्णु भट्टराई अर्यालले २सय ५० मत ल्याएकी छिन् ।
सहसचिव पदमा अनिल राना बिजयी भएका छन् उनले ३ सय १८ मत ल्याएका छन् भने सहसचिव पदका अर्का उम्मेदवार खगेश्वर न्यौपानेले २०९ मत ल्याएका छन् ।
प्रतिक्रिया